नेप्से परिसूचक ४७.१७ अंकले वृद्धि, ५ अर्ब माथिको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सेयर बजार परिसूचक नेप्से चालु आर्थिक वर्ष (आव) लागेपछिकै उच्च बिन्दुमा पुगेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ४७.१७ अंकले वृद्धि हुँँदा २२११.७६ अंकमा बन्द भएको छ ।

सेयर लगानीकर्तामा बढ्दो उत्साहले बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ । गत बिहीबार ५ अर्ब माथिको कारोबार भएको बजारमा लगातार तेस्रो कारोबार दिन पनि ५ अर्ब माथिको कारोबार भएको छ ।

निक्षेपमा वृद्धि भएपनि बैंकमा लगानी गर्ने विश्वासिलो वातावरण नभएको भन्दै कर्जा लगानी हुँदा बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको छ । निजी क्षेत्रले राष्ट्र बैंकलाई नीतिगत दर घटाउन लगातार दबाब दिंदै गर्दा माघदेखि निक्षेपको ब्याजदर पनि घट्ने अपेक्षा लगानीकर्ताले लिएका छन् । तरलता सहज बन्दै गएको र ब्याजदर घट्ने अपेक्षा तथा चालुपूँजी कर्जा मागर्दशर्नमा भएको संशोधनले सेयर लगानीकर्ताको मनोबल बढेको छ ।

सोमबार नेप्सेमा कुल ५ अर्ब ३१ करोड ४३ लाख ८ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको सर्वाधिक २० करोड ६८ लाख १७ हजारको कारोबार भएको छ । त्यस्तै ङ्याली ग्रुप पावरको १६ करोड ९६ लाख ९९ हजार र एनआईसी एशिया बैंकको १६ करोड ७८ लाख ६७ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array