यातायात कार्यालय गुर्जुधाराबाट २६ जना बिचौलिया पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – चन्द्रगीरी नगरपालिका स्थित गुर्जुधाराको यातायात कार्यालयबाट प्रहरीले २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । गुर्जधारा स्थित यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (बागमती)मा जाने सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले रकम असुल्ने गरेको आरोप छ ।

सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले बताएका छन । बिचौलियाहरूलाई प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरुबिरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने एसएसपी बोहराले जानकारी दिए ।
नयाँ लाइसेन्स बनाउन र कागजपत्र नवीकरण गर्न जाने सेवाग्राहीलाई ‘छिटो काम गरिदिन्छौँ’ भनेर बिचौलियाहरूले रकम असुल्ने गरेका छन् । यातायातका कर्मचारीहरू पनि बिचौलियाहरूसँग मिल्ने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

Array