इन्टरनेट सेवा जुनसुकै बेला अवरुद्ध हुनसक्ने आईस्पानको चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणका कारण जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन् ।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान)ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रुपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरुको मागका विषयमा पनि कुनै सुनुवाइ नभएकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।

प्राधिकरणको भाडादरको कारण उपभोक्तालाई समेत असर पर्ने भएकाले र डिजिटल नेपालको मर्मविपरीत भएकाले राज्यको उच्चस्तरीय समिति गठन भएर प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आईस्पानको आरोप छ ।

पत्रकार सम्मेलनमा आईस्पानका अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको बताए ।

उनले विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती ६०० देखि ७०० प्रतिशत पोल भाडा बढाएर मानव अधिकारको समेत उल्लंघन भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

Array