मेसेज पढेपछि स्वत: हराउने फिचर उपलब्ध गराउँदै ह्वाट्सएप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – मेसेजिङ एप ह्वाट्सएपले स्न्यापच्याटमा जस्तै मेसेज हेरेपछि आफै गायब हुने फिचर ल्याउने भएको छ । यसअन्तर्गत कसैले पठाएको मेसेज पाउने व्यक्तिले हेर्ने बित्तिकै स्वतः हराउने छ । साथै यसरी पठाएको मेसेज स्क्रिनशट गर्न, कपी तथा फर्वाड केही गर्न नसकिने जनाइएको छ ।

स्न्यापच्याटमा कुनै पनि मेसेज खोलेर पढ्यो वा च्याट क्लोज गर्‍यो भने उक्त मेसेज स्वतः हराउँछ । यो फिचर विभिन्न प्रयोजनका लागि उपयोगी हुने भन्दै कम्पनीले ह्वाट्सएपमा समेत उपलब्ध गराउने भएको हो ।

अहिले विकास भइरहेको यो नयाँ फिचर एन्ड्रोइडका लागि ह्वाट्सएपको बेटा भर्सन २।२२।२५।२० मा देखिएको समेत उल्लेख गरिएको छ । यसका साथै कम्पनी आफैंले पनि उक्त फिचर कस्तो देखिनेछ भन्ने स्क्रिनशट समेत सार्वजनिक गरेको छ ।

ह्वाट्सएपले यस फिचरको नाम ुडिसएपियरिङ मेसेजु नाम दिएको छ ।

यो फिचर इनेबल गरेर पठाएका मेसेज २४ घण्टा, सात दिन वा ९० दिनभित्र हराउने बनाउन सकिन्छ । यो फिचरले प्रयोगकर्ताको गोपनीयता अझ बढाउने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

Array