काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको प्राम्भिक जानकारी प्राप्त भएको छ । बेथानचोकमा भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४५८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । मृतकको सङ्ख्या यकिन साथ अझै आइसकेको छैन ।
३ जनाको घटनास्थलमा र १४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको जानकारी दिएको छ ।
तीव्र गतिका कारण बस सडकमा नै पल्टिएको हुनसक्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Array