माओवादी केन्द्रका बागी उम्मेदवारले प्रदेशसभामा जित्ने क्रम बढ्दो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
3 Min Read
Aa

काठमाडौं–

पार्टी र सत्ता गठबन्धन सँग असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका बागी उम्मेदवार ४ जनाले प्रदेशसभा सांसदमा चुनाव जितेका छन् । लुम्बिनी प्रदेशको रुकुम पूर्वको प्रदेशसभा ‘क’ बाट तेजबहादुर ओलीलाई पार्टीले उम्मेदवार बनाएको थियो ।
सत्ता गठबन्धनको समेत समर्थनमा उम्मेदवार भएका ओली पार्टीकै बागी उम्मेदवार सरुल पुनमगरसँग पराजित भएका छन् । पार्टी निर्णयमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका सरुल भारी मतका साथ निर्वाचित भएका हुन् ।

यस्तै पश्चिम नवलपरासी क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट माओवादी केन्द्रका बागी उम्मेदवार खड्ग बस्नेत निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट माओवादीका चिनक कुर्मीलाई टिकट दिएपछि असन्तुष्टि जनाउँदै माओवादीका बस्नेतले बागी उम्मेदवारी दिएकर विजयी हुन सफल भए । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका कुर्मीलाई हराउँदै स्वतन्त्र उम्मेदवारी दिएका बस्नेत निर्वाचित भएका हुन् ।
ह सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दिएपछि पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिपेन्द्र पुनले रोल्पा प्रदेश सभा ‘ख’बाट थिएका थिए । पार्टीको निर्णयको असन्तुष्टि जनाउँदै दीपेन्द्रले राजीनामा दिए र अमरसिंहलाई हराउँदै दीपेन्द्र निर्वाचित भए ।

मधेस प्रदेशको सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा ‘क’बाट पार्टीकै बागी उम्मेदवार जबाहरलाल कुशवाह निर्वाचित भएका छन् । एमालेका उम्मेदवार गणेश प्रसाईलाई पराजित गर्दै कुशवाह निर्वाचित भएका हुन् । सत्ता गठबन्धनबाट यस प्रदेशसभामा एकीकृत समाजवादीका डिल्ली उप्रेतीलाई उम्मेदवार बनाएको थियो ।

उनको विरुद्ध माओवादीबाट बागी उम्मेदवारी दिएका कुशवाह फराकिलो मत अन्तरले पराजित भएका छन् । अरु प्रदेशसभाको चुनावको नतिजा आउन बाँकी भएकाले अझ बढ्न सक्ने आकलन गरिएको छ । यसरी चुनाव जितेका पार्टीमा फर्किन्छ फर्किंदैनन् अहिल्यै भन्न सक्ने अवस्था छैन ।नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका ४ जना प्रदेशसभा सांसदले चुनाव जितेका छन् । हर ४ जनाले चुनाव जितेको हुन् । लुम्बिनी प्रदेशको रुकुम पूर्वको प्रदेशसभा ‘क’ बाट तेजबहादुर ओलीलाई पार्टीले उम्मेदवार बनाएको थियो ।

सत्ता गठबन्धनको समेत समर्थनमा उम्मेदवार भएका ओली पार्टीकै बागी उम्मेदवार सरुल पुनमगरसँग पराजित भएका छन् । पार्टी निर्णयमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका सरुल भारी मतका साथ निर्वाचित भएका हुन् ।

यस्तै पश्चिम नवलपरासी क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट माओवादी केन्द्रका बागी उम्मेदवार खड्ग बस्नेत निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट माओवादीका चिनक कुर्मीलाई टिकट दिएपछि असन्तुष्टि जनाउँदै माओवादीका बस्नेतले बागी उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका कुर्मीलाई हराउँदै स्वतन्त्र उम्मेदवारी दिएका बस्नेत निर्वाचित भएका हुन् ।

रोल्पा प्रदेश सभा ‘ख’बाट दीपेन्द्र पुनले चुनाव जितेका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दिएका थिए । पार्टीको निर्णयको असन्तुष्टि जनाउँदै दीपेन्द्रले राजीनामा दिए स्वतन्त्र उम्मेदवारी दिएका थिए । अन्तमास् अमरसिंहलाई हराउँदै दीपेन्द्र निर्वाचित भए ।

मधेस प्रदेशको सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा ‘क’बाट पार्टीकै बागी उम्मेदवार जबाहरलाल कुशवाह निर्वाचित भएका छन् । एमालेका उम्मेदवार गणेश प्रसाईलाई पराजित गर्दै कुशवाह निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array