ट्वीटरका सबै कार्यालय बन्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – ट्वीटरले मंसिर ५ गतेसम्म आफ्ना सबै कार्यालय बन्द गर्ने भएको छ । ठूलो संख्यामा कर्मचारीहरुले राजीनामा दिइरहेका बेला ट्वीटरले आफ्ना सबै कार्यालय अस्थायी रुपमा २१ तारिख अर्थात् ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

२१ तारिखमा मात्रै कार्यालय खुल्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । तर ट्विटरले कार्यालय बन्द गर्नुको कारण भने खुलाएको छैन ।

ट्विटरका नयाँ मालिक एलन मस्कले कम्पनी छोड्न आदेश दिएपछि ठूलो सङ्ख्यामा कर्मचारीले राजीनामा दिइरहेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

TAGGED: