नेप्सेमा दोहोरो अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्से १०.५४ अंक (०.५६ प्रतिशत) ले गिरावट भएर १८८३.१६ अंकमा बन्द भएको छ । २० कात्तिकमा १९६५.३६ अंकसम्म पुगेको नेप्से पछिल्लो पाँच दिन लगातार घट्दा ८३ अंकको गिरावट भएको छ ।

नेप्सेसँगै होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट भएको छ । होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ । आइतबार हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशत माथिले गिरावट भएको छ । नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ ।

आइतबार नेप्सेमा २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख १२ हजारको कारोबार भएको छ । १७ कात्तिकपछि कारोबार रकम १ अर्बबाट झरेको छ । आइतबार शिवम् सिमेन्टको सर्वाधिक १० करोड ३९ लाख ६ हजारको कारोबार हुँदा निर्धन उत्थान लघुवित्तको २ करोड ४० लाख ५२ हजार र नबिल बैंकको २ करोड ३८ लाख २६ हजारको कारोकार भएको छ ।

आइतबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array