यातायात व्यवस्था कार्यालयको सेवा बन्द, मंसिर पहिलो सातापछि मात्रै खुल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – यातायात व्यवस्था कार्यालय, भक्तपुरले सवारी चालक अनुमतिपत्रअन्तर्गतका सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा, रि–ट्रायल र नयाँ तथा वर्ग थप दर्ताको राजश्व संकलन सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि ट्राफिक प्रहरीहरु समेत खटिनुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

Array