सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब नाघ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

कामठमाडौँ – सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजारमा गिरावट आएको भएपनि कारोबार रकम भने निकै बढेको छ ।

बजार मापन गर्ने सूचक ६.४३ अंकले घटेर १९५८.९४ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक २.१९ अंकले घटेर ३८५.३३ बिन्दुमा रोकिएको छ ।

२२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारबा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको ३.९९, विकास बैंक ३९.५४, वित्त ९.७४, जलविद्युत ६.०४, उत्पादन तथा प्रशोधन ६२.९९, माइक्रोफाइनान्स २१.५२, निर्जीबन बीमा समूहको उपसूचक ८१.१५ अंकले घटेको छ ।

कारोबारमा जीवन बीमा समूहको उपसूचक ४६.१० अंकले बढेको छ । कारोबारमा धवलागिरी लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक, जीवन बीमा कर्पोरेशन कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स, आशा लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा जाल्पा सामुदायिक लघुवित्त अग्रस्थानमा रहेको छ । कम्पनीको १५ करोड १६ लाख १३ हजार १६३ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो तेस्रो स्थानमा शिवम् सिमेन्ट र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array