काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ऐतिहासिक नेवा सभ्यतामाथि आक्रमण गरेको भन्दै बाङ्गेमुढाका स्थानीय आन्दोलित भइरहेका बेला अदालतको आदेश विपरीत सामुदायिक भवन तोडफोड गरिएको छ ।
महानगरका मेयर बालेन शाहको आदेश भन्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले यसअघि डोजर चलाएपछि नेवाः समुदाय आन्दोलनमा उत्रिएका थिए । पाण्डेले लिखित आदेशसमेत देखाउन सकेका थिएनन् ।
यसबीचमा स्थानीय अदालत गएकोमा उच्च अदालत पाटनले गत असोज २७ गते अन्तरिम आदेशमार्फत सामुदायिक भवन त्वाःछेँ भत्काउन वा सो भवनको संरचनामा क्षति पुग्ने कुनै पनि कार्य हुन नदिई भवनलाई यथास्थितिमा राख्न भनेको थियो ।


प्रतिक्रिया दिनुहोस्