बडा दशैँको आज चौथो दिन माता कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – दसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ । कुष्माण्डा देवीलाई सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ । माता कूष्माण्डा देवीको आराधनाले सम्पुर्ण रोग–शोक बाट मुक्त हुनुका साथै आयु, यश, बल र आरोग्य हुने जनविश्वास रहेको छ ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतल हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । त्यसैले शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलिसमेत चढाउने गरिन्छ ।

प्रतिपदा देखि क्रमशः पहिलो दिन शैलपुत्री,दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथे दिन कुष्माण्डा,पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, साँतौ दिन कालरात्री,आँठौ दिन महागौरी, नवौँ दिन सिद्धिदात्री गरी दशाँै दिन नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गर्ने गरिन्छ ।नवरात्रभर शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

Array