काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशमशेर जबराले नेपाली सबै मिलेर ‘ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्ने’ बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आसन्न निर्वाचनमा जनमतबाट ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्नेमा जोड दिए ।
आउँदो मंसिर ४ गते हुने निर्वाचनबाट देशलाई विकासको अभियानमा जोड्नुपर्ने उनले बताए । मुलुकलाई उज्यालो दिशामा लैजान आफू सदैव लागिरहने उनको भनाइ छ । “हामी सबै मिलेर ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्नेछ । यो अति भयो । नेपाली जनताले यस्तो समस्या सहने कुराको अन्त्य हुन आवश्यक छ । यसपालिको चुनाव चानचुने चुनाव होइन, यो मुलुकको भाग्य ठेगान गर्ने चुनाव हो । योपालि अरू बेलाजस्तो होइन, फेरबदल गर्ने हो,” उनले भने, “धेरै वर्षअघि एउटा ठूलो आशा लिएर महाकाली सन्धि गरेको थिएँ । यत्तिका वर्ष त्यो थन्कियो । योपालि त्यो पुरानो तागत दराजबाट निकाली यसलाई स्वरूप दिने रूपमा अघि बढ्नेछौँ । हामी सबै मिलेर पञ्चेश्वरलाई मूर्त स्वरूप दिनेछौँ । अब पञ्चेश्वर मात्रै होइन, पश्चिम सेतीलगायत योजनालाई पनि मूर्त रूप दिनेछौँ । यो मुलुक अब वि
कासको छायामा रहन सक्दैन । अब यो मुलुकलाई उज्योलो दिनुपर्छ ।”
उनले देशलाई अब राप्रपाले ‘अपार उन्नति’को बाटोमा लैजाने जिकिर गरे । राप्रपा अब मुलुकको नयाँ बिहानीका लागि अघि सर्ने उनले उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्