कच्चा तेल र सुनको मूल्य घट्दा डलरको भाउ बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
3 Min Read
Aa

काठमाडौं– कच्चा तेलको र सुनको मूल्य अन्तराष्ट्रिय बजारमा घट्दा डलरको भाउ भने बढेको छ । कच्चा तेलको मूल्य अन्तराष्ट्रिय बजारमा ९ महिना यताकै सबैभन्दा सस्तो भएको हो । य्रक्रेन र रुसबीचको युद्ध सुरु भएपछि लगातार बढिरहेको कच्चा तेल एक समय प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो।
हाल ब्रेन्ड क्रुडको प्रतिब्यारल ८६ डलर र डब्ल्युटीआईको प्रतिब्यारल ७९ डलरमा कारोबार भइरहेको छ। एक हप्ताको अवधिमा कच्चा तेलको मूल्य प्रति ब्यारल लगभग ५ प्रतिशतले घटेको छ। विश्लेषकहरूले विश्व आर्थिक मन्दीको चिन्ता र आकाशिएको अमेरिकी डलरको मूल्य तेलको मूल्य घटाउने मूख्य कारण रहेको दावी गरेका छन्।
साथै आइतबार सुन तोलामा एक हजार रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार सुन तोलामा एक हजार रुपैयाँले बढेर बजार मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ थियो।
आइतबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला एक हजार एक ७० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १६४३.९० डलर र चाँदी प्रतिऔंस १८.८८ डलरमा कारोबार भइरहेको छ।
यता अमेरिकी डलरको मूल्य आइतबार बढेर १ डलर बराबर १२९ रुपैयाँ ८९ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बंकले तोकेको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको छ ।
गत शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो ।
बिहीबार १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २७ पैसा रहेकोमा शुक्रबार एकैदिन १ रुपैयाँ ४१ पैसाले बढेको थियो । आइतबार पनि डलरको मूल्य थप २१ पैसा बढेको छ । शुक्रबार डलरको मूल्य २ महिना अगाडिको रेकर्ड तोड्दै माथि लागेको थियो । यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र खरिद मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेको थियो ।
फेडले ब्याजदर बढाउँदा भारत सहित विश्वभरी रहेको अमेरिकी लगानी ९पोर्टफोलियो० अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको छ । मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रिय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रिय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array