गुजरातलाई पराजित गर्दा बैंगलुरुको प्लेअफ सम्भावना कायमै पञ्जाब र चेन्नाई तथा लखनउ र कोलकाता भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ बैशाख २०८१, आईतवार
3 Min Read
Aa

काठमाडौं – इन्डियन प्रिमियर लिग आइपीएलको जारी सिजनमा सुरुवाती समयमा निकै कमजोर देखिएको रोयल च्यालेन्जर्स बैंगलुरुले पछिल्ला केही खेलदेखी उत्कृष्ट प्रदर्शन गर्दै आएकोमा शनिबार सम्पन्न खेलमा गुजरात टाइटन्समाथि ४ विकेटको सानदार जित निकालेको छ ।

बैंगलुरुको घरेलुु मैदान एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो । बैंगलुरुले १४८ रनको विजय लक्ष्य १३.४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो ।

बैंगलुरुका लागि कप्तान लागि फाफ डु प्लेसिसले २३ बलमा ३ छक्का र १० चौका सहित ६४ रन बनाए । विराट कोहलीले २७ बलमा ४ छक्का र २ चौकासहित ४२ रन बनाए । दुवैले ९२ रनको ओपनिङ साझेदारी गरे ।

विलज्याक्स, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिनले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । दिनेश कार्तिक २१ र स्वप्लिन सिंह १५ रनमा नटआउट रहे । स्वप्निलले अन्तिम बलमा छक्का प्रहार गरेर टिमलाई जित दिलाए ।

बलिङतर्फ जोश लिटलले ४ विकेट लिए । नुर अहमदले २ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सका लागि राहुल तेबतियाले ३५, डेभिड मिलरले ३० र एम शाहरुख खानले ३७ रन बनाए ।
बलिङतर्फ २९ रन खर्चेर २ विकेट लिएका मोहम्मद सिराज प्लेअर अफ द म्याच बने ।

गएरातिको जितसँगै बैंग्लोरको ८ अंक भएको छ । बैंगलुरुले हालसम्म ११ म्याच खेलेको छ, जसमा सात वटा खेल हारेको छ । गुजरातलाई हराएर बैंगलुरु अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ र अन्तिम चारमा पुग्ने सम्भावना कायम राखेको छ ।

उसले पन्जाब किङ्गस, मुम्बई इण्डियन्स र गुजराजत टाइटन्सलाई पछि पार्न सफल भएको छ । मुम्बई इण्डियन्स भने ६ अंकसहित अन्तिम स्थानमा धकेलिएको छ ।

आइपीएलमा आज दुई खेल हुँदै छन । आजको पहिलो खेलमा प्लेअफमा स्थान बनाउन संघर्षरत पञ्जाब सुपर किंग्स र चेन्नाई इन्डियन्स आमने सामने हुँदै छन् । १० खेलबाट पाँचमा जित र पाँचमा हारे बेहोर्दै १० अंक सहित अंक तालिकाको पाँचौ स्थानमा रहेको चेन्नाई र समान १० खेलबाटै ४ जित र ६ हार सहित अंक तालिकाकाको आठौं स्थानमा रहेको पञ्जाब आजको खेलमा हार बेहोर्दा प्लेअफ यात्रा लगभग समाप्त हुनेछ भने चेन्नाईलाई पनि प्लेअफ नजिक पुग्न आजको खेलमा जित निकाल्न आवश्यक छ । पञ्जाबको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुँदै छ ।

आजै हुने दोस्रो खेलमा अंक तालिकाको दोस्रो र तेस्रो स्थानमा आसिन कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स भिड्दै छन् । १० खेलबाट १४ अंक जोडेको कोलकाता अंक तालिकाको दोस्रो स्थानमा हुँदा समान १० खेलबाट १२ अंक जोडेको लखनउ अंक तालिकाको दोस्रो स्थानमा छ । आजको खेल जिते लखनउ तेस्रो स्थानबाट दोस्रो स्थानमा उक्लँदा आजको खेल जिते कोलकाता आइपीएलको यो सिजनको टपमा आसिन राजस्थान रोयल्सलाई पछि पार्दै अंक तालिकाको शिर्ष स्थानमा पुग्नेछ । कोलकाता र लखनउबिचको खेल लखनउको घरेलु मैदानमा साँझ ७:४५ बजेदेखि सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array