पन्जाबलाई २८ रनले पराजित गरेपछि चेन्नईको प्लेअफ सम्भावना उच्च, लखनउ विरुद्व कोलाकताको उत्कृष्ट सुरुवात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज भएको खेलमा चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई पराजति गरेको छ । आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जावलाई २८ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको १६८ रनको लक्ष्य पछाएको पञ्जाव ले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै चेन्नईले २० ओभरमा ९ विकेट गुमाउदै १६७ रन बनाएको थियो ।

यो जितपछि चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको ११ खेलमा १२ अंक भएको छ । त्यस्तै पञ्जावको भने यो सातौं हार हो । ११ खेलमा ८ अंक रहेको पञ्जाव अंक तालिकामा आठौं स्थानमा रहेको छ । अहिले भैरहेको दोस्रो खेलमा लखनउ सुपर जायनट्स विरुद्व कोलकाताले उत्कृष्ट ब्याटिङ्ग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array