अशोक राईको नेतृत्वमा दल दर्ताका लागि निवेदन, को-कोले छाडे उपेन्द्रको साथ ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।

संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ।

- Advertisement -
Ad image

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: