एमालेसँग एकताका लागि एकीकृत समाजवादीका नेताहरुको लविङ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ बैशाख २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टी स्थापनाको औचित्य पुष्टि नहुँदै एकताको पक्षमा उभिएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर पार्टी विभाजन गरेका माधव कुमार नेपाल यतिबेला पार्टीलाई एमालेमै लगेर विलय गराउनु पर्ने बाध्यतामा पुग्ने अवस्था सिर्जना भएको छ ।

०७९ को आम निर्वाचनमा एकीकृत समाजवादीले थ्रेसहोल्डसमेत कटाउन नसकेपछि नेता तथा कार्यकर्ताहरु निराश छन् । उनीहरु संगठनलाई मजबुद बनाउने भन्दा पनि पुरानै घर फर्किनु उचित हुने निश्कर्षमा छन् । पार्टी विभाजनदेखि ओली–नेपालबीच अझै पनि सम्बन्ध सुधार हुन सकेको छैन । दुई शीर्ष नेताबीच सम्बन्धमा दरार रहेकै अवस्थामा दोस्रो तहको नेताहरु भने एकताको पक्षमा उभिएका छन् ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका नेताहरुले एकताका लागि प्रस्ताव गरिरहेको पुष्टि गरे । उनले आफूहरु अहिले एकताको पक्षमा नरहेको समेत बताए । एकीकृत समाजवादीका नेताहरुलाई आफूहरुले अहिलेको सरकारलाई सफल बनाउन र सहकार्य गर्दै जान भनेको तर, एकताको पक्षमा रूची नदेखाएको उनले बताए ।

‘माधव नेपालको पार्टीमा भन्नुहुन्छ भने अहिलेको समीकरणप्रति पूर्ण सन्तुष्टि र उहाँहरु त अझ के चाहनुहुन्छ भन्दाखेरी यसलाई एकताको तहसम्म विस्तार गर्नपाए हुन्थ्याृे भन्ने आग्रह गरिराख्नु भएको छ ।’ उनले भनिन्, ‘हामी के भनिरहेका छौं भने कुनै पनि सहकार्यको आधार अहिलेको सरकार सञ्चालनको प्रक्रियामा हामी अगाडि बढेका छौं यसले ट्रस्ट विल्डिङ गर्न सक्यो भने भविष्यको कुरा हो । अहिले नै एकताको नाममा विगतको गलत अभ्यास र असफलतालाई दोहो¥याउने पक्षमा हामी छैनौं । त्यो कुरा उचित हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

Array