सुदूरपश्चिममा बीमाको पहुँच बढाउन प्रदेश सरकारको साथको आवश्यक छः अर्थमन्त्री शर्मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच बढाउन प्रदेश सरकार र बीमा समितिको सशक्त भूमिका आवश्यक रहेको बताएका छन्। बीमा समितिको धागढीमा स्थापना गरिएको प्रदेश कार्यालय बोल्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्।

संविधानको अनुसूची ७ मा संघ र प्रदेशको साझा अधिकार भित्र बीमा पर्दछ, बीमा यसलाई प्रदेश सरकार र संघीय सरकारको समन्वयमा थप व्यवथित र विश्वस्नीय बनाउनको लागि सुदूरपश्चिममा प्रादेशिक कार्यलय संचालमा ल्याएको उनले बताए । बीमा लगानीको जोखिम न्युनिकरण गर्ने साधन भएकोले प्रदेश सरकारले बीमालाई सँग सँगै लिएर जानु पर्ने अर्थमन्त्री शर्माले कार्यक्रममा सुझाव दिएका छन्।

- Advertisement -
Ad imageAd image

सरकारले क्षति भए पछि क्षतिपुर्ती दिने भन्दा पनि सुरुमै बीमा गराएर क्षतिको न्युनिकरण गर्न सक्नु पर्ने उनको धारणा छ । यसरी नै गिरिवीको अन्त्य हुने र जोखिम न्युनिकरण गर्न सकिने उनले कार्यक्रममा बताए । सुदुरपश्चित प्रदेशमा बीमाको पहुँच कम हुनुको एउटा कारण बीमा समितिको उपस्थिति नभएर पनि रहेको उनको बताए । यसबाट पनि शाखा कार्यालयको उपस्थिती कम रहेको उनले सपष्ट पारे । बीमा समितिले स्थानीय सरकार, प्रदेश सरकार सँग समन्वय गरेर गरिव निमुखा जनता जसले बीमा शुल्क भुक्तानी गर्न सक्दैनन् त्यस्ता जनताको बीमा गर्ने बातावरण बनाउन समेत कार्यक्रममार्फत निर्देशन दिएका छन् ।

प्रदेश सरकारले यस प्रादेशिक कार्यालयलाई आफनो साझा कार्यक्षेत्र भित्रको पाटो हो भन्ने कुरालाई आत्मसात साथ गरेको काम अघि बढाउने छ भन्ने विश्वास अर्थमन्त्रीले लिएको छ। स्रमगामा बीमाको पहुँच ४१.२ रहेको छ भने तर सुदूरश्चिममा भने १९. १७ मात्रै रहेको छ । २० प्रतिशतको दायरामा समेत पुगिसकेको छैन ।

देशभरीमा ३ सय बढी शाखा कार्यालयहमध्ये सुदूरपश्चिममा २७ वटा शाखा कार्यालय मात्रै रहेको छ । यसबाट सुदूरश्चिम बीमाको पहुँचबाट टाढा रहेको कुरा सपष्ट हुन्छ, उनले भने । यस क्षेत्रमा बीमा साक्षरता अन्तर्गत जनतासम्म पुराउने काम बीमा समितिको रहेको भन्दै यस तर्फ बिशेष उपस्थितीका साथ लाग्नुपर्ने उनले कार्यक्रममा बताए ।

त्यस्तै, बीमा कम्पनीहरुलाई दाबी भुक्तानीको गुनासो नहुन दिन आवश्यक कागजात संकलन भएपछि चाडो भुक्तानी गरे बीमितको मन जित्नुको साथै बीमाको थप विश्वासको वातावरण रहने उनले कार्यक्रममा बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्