नेपालको संघीय प्रणालीलाई सहयोग गर्न विश्व बैंक प्रतिबद्ध छ: मार्टिन रायस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ  – दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रायस नेपाल भ्रमणमा आएका छन् । सोमबार बिहान नेपाल आएका मार्टिनले नेपालको संघीय प्रणालीलाई प्रादेशिक सशक्तिकरण गर्न थप सहयोग गर्ने प्रतिबद्ध जाहेर गरेका छन् ।

मार्टिन रायसले प्रधानमन्त्री शेरबहादुर देउवासँगै अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेका छन् । सो अवसरमा उनले नेपालको संघीयता र हरित, लचिलो र समावेशी विकास (ग्रिड) का लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मासँग मार्टिनको नेपालको दीगो विकास, आर्थिक पुनरुत्थान तथा विकास साझेदारीको विषयमा छलफल भएको बताइएको छ ।

‘नेपालसँग हरित, लचिलो र समावेशी रूपमा विकास गर्ने अवसर छ र धेरै यी विकास निर्णयहरू स्थानीय स्तरमा लिनु आवश्यक छ’ मार्टिन रायसले भने, ‘विश्व बैंक नेपालको संघीय प्रणालीलाई प्रादेशिक सशक्तिकरण गर्न थप सहयोग गर्न प्रतिबद्ध छ । स्थानीय सरकारहरू र जनतालाई सेवा र रोजगारीका अवसरहरू ल्याउनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्

Array