पहिरोले घर पुरिँदा काभ्रेमा एकै परिवारका तीन जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – काभ्रेमा गएराति पहिरोले एउटा घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्लाको बेथानचोक गाउँपालिका ४, गणेशथान चलालमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६५ वर्षिया लुदुलुङ तामाङ (ठूलीमाया), ४४ विर्षिय मीरबहादुर तामाङ र ४० वर्षिया सावित्री तामाङ रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सावित्री र मीरबहादुर लुदुलुङ तामाङका छोराछोरी हुन् भने सावित्री र मीरबहादुरको घटनास्थलमा र लुदुलुङको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array