बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरई) परियोजना अघि बढाउने समझदारी पत्रमा हस्ताक्षर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
नेपाल र चीनका संसदले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरई) परियोजना समझदारीपत्रमा बहुआयामिक अन्तरआबद्धता सञ्जालको खाका अन्तर्गत अगाडि बढाउने समझदारी गरेका छन्। सरकारले अहिले बीआरईे प्राथमिकतामा भने राखेको छैन । उक्त समझदारीपत्रमा जनकंग्रेसका अध्यक्ष ली चान्शु र नेपालका सभामुख अग्नि सापकोटाले हस्ताक्षर गरेका हुन्। सोमबार दुई देशको संसदबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो। अहिले चान्शु औपचारिक नेपाल भ्रमणका रहेका छन् ।
समझदारीमा भनिएको छ ( दुई राष्ट्रबीच सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत सहयोगसम्बन्धी समझदारीपत्रलाई अन्तरहिमालय बहुआयामिक अन्तरआबद्धता सञ्जालको खाका अन्तर्गत सहयोगका विभिन्न क्षेत्रमा अन्तरआबद्धता अभिवृद्धि गर्ने र आपसी लाभको क्षेत्रलाई अगाडि बढाउने अवसरका रुपमा प्रयोग गर्ने‘ ।’

समझदारी पत्रमा सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रणका क्रममा नेपाल सरकार र चीनबीच भएको विकास र समृद्धिको लागि चिरकालसम्म मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धनलाई अभिवृद्धि गर्ने निर्णयलाई आधार मान्दै दुई देशका संसदबीच सहयोग र सद्भाव कायम रहने उल्लेख छ।
पत्रमा आपसी विश्वास सुदृढ र विकास गर्ने, एक अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्ने, एक अर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्ने समझदारीपत्रमा भनिएको छ ।
समझदारी पत्रमा दुई संसदबीच भ्रमणको आदान प्रदान बढाउने, संसदका मैत्री समूहहरुलाई सक्रिय बनाउने जस्ता कुरा पनि उल्लेख छन् ।

प्रतिक्रिया दिनुहोस्

Array