हङकङमा देशद्रोही पुस्तक प्रकाशन गरेको अभियोगमा पाँच लेखकलाई जेल सजाय

भेडाहरूले आफ्नो गाउँमा ब्वाँसाहरुलाई रोक्न खोजेको पुस्तकको विषयलाई चीन समर्थक अधिकारीहरूले हङकङ र बेइजिङ सरकारको सन्दर्भसँग जोडेका छन् । 

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

हङकङमा बालबालिकासम्बन्धी पुस्तक लेख्ने पाँच जना लेखकलाई “देशद्रोही” पुस्तक प्रकाशन गरेको अभियोगमा जेल सजाय सुनाइएको छ । पाँचै जना स्पीच थेरापिस्ट रहेको र उनीहरूलाई त्यहाँको अदालतले  १९ महिनाको जेल सजाय सुनाइएको हो । सजाय पाउनेमा लोरी लाई, मेलोडी येउङ, सिडनी एनजी, स्यामुएल चान र फंग टीएसजी हो रहेका छन् । फैसला क्वेक वाई किन भन्ने जिल्ला न्यायाधिशले गरेका थिए।

भेडाहरूले आफ्नो गाउँमा ब्वाँसाहरुलाई रोक्न खोजेको पुस्तकको विषयलाई चीन समर्थक अधिकारीहरूले हङकङ र बेइजिङ सरकारको सन्दर्भसँग जोडेका छन् ।

पुस्तकले मानिसहरूको दृष्टिकोणबाट इतिहासलाई क्रमबद्ध रूपमा तयार पारिएको लेखकहरूले तर्क गरेका छन् ।  तर, न्यायाधीशले लेखकले ‘ब्रेनवासको अभ्यास’ गरेको भन्दै यसलाई दण्डनीय अपराध भनेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

Array