पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa
EARTHQUAKE

काठमाडौँ – उत्तरपूर्वी पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । आइतबार बिहान ६ बजेर ४६ मिनेटमा भूकम्प गएको पीटीआईलाई उद्धृत गर्दै द विकले उल्लेख गरेको छ ।

भूकम्पको केन्द्रविन्दु कैनान्टुबाट ६७ किलोमिटर पूर्वमा रहेको एक कम जनसंख्या भएको क्षेत्रमा रहेको थियो ।अमेरिकाको राष्ट्रिय महासागर र वायुमण्डलीय प्रशासनले भूकम्पका कारण यस क्षेत्रमा सुनामीको खतरा नरहेको जनाएको छ । क्षतिको स्पष्ट विवरण अझै आउन सकेको छैन ।

सन् २०१८ मा पपुवा न्युगिनीको मध्य क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १२५ जनाको मृत्यु भएको थियो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array