बुटवलबाट हराएका तीन विद्यार्थी भारतको मुम्बईमा भेटिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – बुटवलका तीन जना बालक तीन दिनअघि विद्यालय जान हिंडेका भारतको मुम्बईमा बेहोस अवस्थामा फेला परेका छन्। शुक्रबार विद्यालय जान भनेर घरबाट हिँडेका उनीहरू शनिबार राति २ बजे मुम्बईको केरला स्टेशनमा भेटिएको र उनीहरुको बेहोसीजस्तै अवस्थामा रहेको उनीहरुका परिवारले बताएका छन ।

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने एक जनासँग विद्यालय जान भनी सँगै घरबाट निस्केका थिए। तर, विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए।

बालकहरूले भने आफूहरू कसरी भारत आइपुगेको भन्ने केही थाहा नभएको अभिभावकलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array