बुटवलमा विद्यालय जान्छु भनी हिडेका तीन बालक शुक्रबारदेखि बेपत्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – बुटवलमा विद्यालय जान निस्केका तीन बालक शुक्रबारदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुटवल उपमहानगरपालिका- ११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल रहेका हुन ।

तीमध्ये लम्साल र पौडेल बुटवलको-११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा ९ मा र पन्थी नहरपुर माविको कक्षा ८ मा अध्ययनरत थिए । शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालक सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए ।

नवीन औद्योगिक कदरबहादुर माविका प्रधानअध्यापक प्रेमबहादुर बस्नेतले विद्यार्थी शुक्रबार विद्यालय नआएका जनाएका छन । इलाका प्रहरी कार्यालय बुटवलले हराएका बालकको सूचना आएपछि खोजतलास सुरु भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array