यो वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गर्छौंः उर्जामन्त्री पम्फा भूषाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – उर्जामन्त्री पम्फा भूषालले नेपाल सरकारले वंगलादेशलाई विद्युत निर्यातको लागि तयारी बताएकी छन । चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यही बर्ष बंगलादेशलाई विद्युत निर्यात गरिने बताएकी हुन। हाल नेपालले भारतमा बिजुली बिक्रि गर्दै आएको छ ।

उनले भनिन “हामीले अहिले सम्म भारतमा मात्रै बिद्युत निर्यात गरेका छौं । अब बंगलादेश पनि निर्यात हुदैछ ।” जलबिद्युत उत्पादनमा साझेदारी गर्न सहमती भएको जानकारी दिएकी छन । “यहि वर्षबाट ५० मेघावाट बिद्युत बंगलादेश जान्छ ।” उर्जालाई उत्पादनको माध्यम बनाउने भन्दै मन्त्री भूषालले गरिबीको रेखा मुनी रहेका जनतालाई निःशुल्क गरिएको जानकारी दिइन। उनका अनुसार घरायासी प्रयोजनाका लागि मूल्य घटाईएको छ भने कृषि र सिचाईमा ७५ प्रतिशत महशुल घटाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array