एएफसी यू-२० च्याम्पियनसिप: नेपाल भुटानसँग पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – एएफसी यू-२० च्याम्पियनसिप २०२३ को छनोट अन्तर्गत समूहको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । बहराइनको खलिफा स्पोर्ट्स रंगशालामा शनिबार भएको खेलमा भुटानले नेपाललाई २-० ले हराएको हो । भुटानले दुवै हाफमा १-१ गोल गर्दै खेलमा जित हासिल गरेको हो । ३३ औं मिनेटमा भुटानले सोनाम चोजाङको गोलमा अग्रता लिएको थियो । भुटानको मिडफिल्डबाट आएको लामो पासमा नेपाली डिफेन्स र गोलरक्षकबीच समन्वय हुन नसक्दा सोनामले त्यसको फाइदा उठाउँदै गोल गरे ।

दोस्रो हाफको सुरुवातमा नै भुटानले अग्रता दोब्बर पार्यो । कर्मा टासी जाम्सोले पुन: एकपटक नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाए । लामो पासमा सोनामले गरेको फ्लिक हेडरमा नेपाली डिफेन्स लाइन बिट भएपछि कर्माले पहिलो टचमै हाफ भलीमा गरेको प्रहार गोल भएको थियो । इन्ज्युरी समयको अनिम मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो । अभिषेक वाइबाले डरलाग्दो फल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए ।

एएफसी यू-२० छनोटमा अब नेपालले सोमबार कतारको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ११:४५ बजे हुनेछ । एएफसी यू-२० मा सहभागी १० समूहबाट सबै शीर्ष टोली र उत्कृष्ट ५ दोस्रो स्थानको टोली अन्तिम चरणका लागि अघि बढ्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array