नागरिकता छानविन गर्ने उच्चस्तरीय आयोग गठन लगायतका माग राख्दै प्रदर्शन

माइतिघर मण्डलामा गरिएको प्रदर्शनको नेतृत्व सामाजिक अभियन्ता सुरजित दत्तले गरेका थिए । करिव आधा घण्टा भएको प्रदर्शनमा विभिन्न पेसामा कार्यरत युवाहरूको संलग्नता रहेको थियो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

आज केहि युवाहरूले अंगिकृत नागरिकलाई राजनीतिक र प्रशासनिक अधिकार नदियोस भन्दै प्रदर्शन गरेका छन् । माइतिघर मण्डलामा गरिएको प्रदर्शनको नेतृत्व सामाजिक अभियन्ता सुरजित दत्तले गरेका थिए । करिव आधा घण्टा भएको प्रदर्शनमा विभिन्न पेसामा कार्यरत युवाहरूको संलग्नता रहेको थियो ।

ब्यानरमा उल्लेख भए अनुसार प्रदर्शनमा ४ वटा बिषय अघि सारिएको छ ।

१) अंगिकृत नागरिकलाई राजनीतिक र प्रशासनिक अधिकार नदिइयोस् ।
२) नागरिकता छानविन गर्ने उच्चस्तरीय आयोग गठन गर ।
३) सेना,प्रहरी लगायत सम्पूर्ण सरकारी कर्मचारीको सम्पति र नागरिकताको छानविन गरियोस । बिदेशी नागरिकता लिएकालाई तुरुन्त  बर्खास्त गरियोस् ।
४) एकाघरका बहुमत सदस्य बिदेशमा रहेका उच्च पदस्त सरकारी कर्मचारी र राजनीतिक नेतृत्वको,बिदेशमा रहेका परिवारका सदस्यको समेत् सम्पति माथि छानविन गरियोस ।

धर्ना कार्यक्रम ठीक २ बजे शुरु भएर २.३० मा सकिएको थियो ।

धर्ना पछि उक्त कार्यक्रममा सहभागि युवाले मिटरब्याज पिडित को आन्दोलनमा ऐक्यबद्धता समेत जनाएका थिए ।

फोटो :

 

प्रतिक्रिया दिनुहोस्

Array