व्यवसायीक बाख्रा पालनप्रति बढ्दो आकर्षण (फोटोमा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ –

पछिल्लो समयमा नेपालमा व्यवसायिक बाख्रा पालनप्रति आकर्षण बढ्दो छ । व्यपारी, विद्याथी, राजनीतिज्ञ र युवाहरुलगायत सबैमा व्यवासायिक बाख्रा पालनप्रति लगाव बढेको देखिन्छ । अझ विदेशबाट फकिएकाहरु नेपालमा व्यवसायीक बख्रा पाल्ने हो भने विदेश जानु नपर्ने झापाका सन्तोष खड्का बताउछन् । मलेसी ५ वर्ष बसेर आएपछि नेपालमै बाख पालन सुरु गरेको उनले बताए । सुरुमा ५ हजार लगानीबाट सुरु गरे पनि अहिले लगानी थप्दै लगेको बताए । अहिले वर्षमा १५ लाख भन्दा बढि आम्दानी भएको उनले बताए ।

सरकारले सहुतियत दिएका कारण पनि बाख्रापालनमा आकर्षण बढेको किसानहरु बताउँछन् ।

त्यस्तै धादिङ्गका कुखुम तमाङ्गले ब्याचलर पढ्दै बाख्रा पालन गर्दे गरेको बताए । सुरुमा घरमा भएका बाख्राबाट पालन गरेपनि अहिले ५० वटा बाख्रा भएको उनले बताए । जागिर खान सहर र विदेश जान नपर्ने उनको भनाई छ । पढाई सकेपछि बाख्रा पालनमा सबै समय लगाउने उनको योजना रहेको छ ।
विषेश गरि बोयर, खरी र लम्काने जातका ब्राखामा आकर्षण बढेको छ ।

तर, पनि दशैंको बेला नेपालको उत्पादनले नधान्दा छिमेकि राष्ट्र भारतबाट खसी,बोका र च्याङ्गा आयात हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: