आजको मौसमः वाग्मती र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ भाद्र २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौं लगायत देशका विभिन्न स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । काठमाडौंका केही स्थानमा बिहानैबाट पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array