सन्दीप लामिछानेको समर्थनमा वीरगञ्जमा प्रदर्शन

सन्दीपलाई फसाउन पाइँदैन, हामी युवा सन्दीपको साथमा छौ‌, नाबालिक भनिएकी पीडितलाई सार्वजनिक गर, सन्दीप दोषी हो भने निर्मला पन्तको दोषी को?  सीसीटीभी फुटेज सार्वजनिक गर, कसैको चरित्र हत्या गर्न मिल्दैन, महिलामुखी कानुन हुनु हुँदैन, पुरुषलाइ दमन गर्न पाइँदैन, घटनाको सत्यतथ्य छानबिन गर लगायतका नाराहरू लेखिएको प्ललेकार्ड सहित घण्टाघरमा प्रदर्शन गरिएको थियो।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa
फोटो श्रोत सामाजिक सञ्जाल
फोटो श्रोत सामाजिक सञ्जाल

नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई षड्यन्त्र गरेर फसाउन खोजिएको भन्दै लामिछाने समर्थक केहि युवाहरूले लामिछानेको समर्थनमा वीरगञ्जमा प्रदर्शन गरेका छन् ।

सन्दीपलाई फसाउन पाइँदैन, हामी युवा सन्दीपको साथमा छौ‌, नाबालिक भनिएकी पीडितलाई सार्वजनिक गर, सन्दीप दोषी हो भने निर्मला पन्तको दोषी को?  सीसीटीभी फुटेज सार्वजनिक गर, कसैको चरित्र हत्या गर्न मिल्दैन, महिलामुखी कानुन हुनु हुँदैन, पुरुषलाइ दमन गर्न पाइँदैन, घटनाको सत्यतथ्य छानबिन गर लगायतका नाराहरू लेखिएको प्ललेकार्ड सहित घण्टाघरमा प्रदर्शन गरिएको थियो।

प्रदर्शनको नेतृत्व सागर लामाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array