बेलायतका नयाँ राजा ७३ वर्षीय चार्ल्स

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बेलायतमा महारानी एलिजाबेथ द्वितीयाको निधन भएपपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन्।कुनै समारोहको आयोजना नगरी ७३ वर्षीय चार्ल्स आमाको निधनपछि स्वतः राजा बनेका हुन् । उनी प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए।

बिहीबार एलिजाबेथको स्वास्थ्यकाबारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए। पछि बकिंघम दरबारले रानीको निधन भएको पुष्टि गरेको थियो।

उनको निधनपछि उनका जेठा छोरा पूर्व प्रिन्स अफ वेल्स चार्ल्सले बेलायतको नयाँ राजा र १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुखका रूपमा शोक मनाउने छन्। महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

Array