लोसपाले एमालेसँग गठबन्धन गर्ने

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले लोसपा लाई सत्ता गठबन्धनमा समेट्न गरेको प्रयास सिट बाडफाडमा नमिल्दा असफल भएको थियो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा (एमाले) सँग निर्वाचनमा चुनावी गठबन्धन गर्नेगरी अनौपचारिक संवाद शुरू गरेको छ  ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले लोसपा लाई सत्ता गठबन्धनमा समेट्न गरेको प्रयास सिट बाडफाडमा नमिल्दा असफल भएको थियो ।

लोसपा नेता राजेन्द्र महतोका अनुसार एमाले सँग गठबन्धनका लागि अनौपचारिक कुरा भइरहेको र छिट्टै औपचारिक कुरा शुरु हुनेछ ।

एमालेसँग धेरै सजिलोगरी गठबन्धन हुनसक्ने लोसपा नेता राजेन्द्र महतोले विश्वाश व्यक्त गरे । उनका अनुसार  एमालेको दावी भएका स्थानमा लोसपाले दावी नगर्ने र लोसपाको दावी भएको ठाउँमा एमालेले दावी नगर्ने हुदाँ  गठबन्धन गर्न कुनै समस्या हुदैन  ।

प्रतिक्रिया दिनुहोस्

Array