बैंक,सहकारीको आतंक र चीनले गरेको नाका बन्दका कारण न्यूरोडका होलसेल व्यापारीले गरे आत्महत्या

उत्तरतर्फको चीन नाका लामो समयदेखि बन्द रहदा लामो सामयदेखि आयात गारेको सामान तिव्वतमा रोकिनु, बैंकले ऋण तिर्न अत्याधिक तागेता गर्नु, सामान आयात गर्न सहकारीबाट चर्को ब्याजमा लिएको ऋणको दैनिक ब्याज बुझाउन नसक्नु, महंगो घरभाडा, महँगो कन्टेनर भाडा लगायतका कारण घिमिरे तनावमा रहेको परिवार श्रोतले बतायो । 

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

चीन तर्फको नाका बन्द र बैंकको तारन्तारको तागेताका कारण न्यूरोडका एक थोक (होलसेल) व्यापारीले आत्महत्या गरेका छन् । न्यूरोड स्थित रन्जना मलमा लामो समयदेखि थोक व्यापार गर्दै आएका सुदर्शन घिमिरेले आत्महत्या गरेका हुन् ।

उत्तरतर्फको चीन नाका लामो समयदेखि बन्द रहदा लामो सामयदेखि आयात गारेको सामान तिव्वतमा रोकिनु, बैंकले ऋण तिर्न अत्याधिक तागेता गर्नु, सामान आयात गर्न सहकारीबाट चर्को ब्याजमा लिएको ऋणको दैनिक ब्याज बुझाउन नसक्नु, महंगो घरभाडा, महँगो कन्टेनर भाडा लगायतका कारण घिमिरे तनावमा रहेको परिवार श्रोतले बतायो ।

त्यसमापनि बैंक र सहकारीको चर्को दवावले उनलाई झनै विक्षिप्त बनाएको थियो । अझ ८ % मा बैकबाट लिएको ऋणको ब्याज १६% पुगिसकेको छ ।  जसलाई धान्न व्यापारीलाई गारो भएको छ ।  त्यसमा पानी न्यूरोड र महाबौद्ध क्षेत्रमा मिटरब्याजमा ऋण दिने सहकारीले व्यापारीलाई भित्रभित्र खोक्रो पारेको छ ।

चीन तर्फको नाका, बैंक र सहकारीको आतंक बन्द नभए न्यूरोड र महाबौद्ध क्षेत्रमा यस्ता घटना बढ्नसक्ने उक्त क्षेत्रमा रहेका व्यापारी बताउछन ।

प्रतिक्रिया दिनुहोस्

Array