मानव विकास सूचकांकमा नेपाल १ स्थानमाथि उक्लियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – मानव विकास सूचकांकमा नेपाल एक स्थान माथि उक्लिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले बिहीबार सार्वजनिक गरेको मानव विकास रिपोर्ट अनुसार नेपाल सन् २०२१ मा १४३ औं स्थामा आएको छ । कुल १९१ वटा देशहरुमध्ये नेपाल मानव विकास सूचकमा ०.६०२ अंकसहित १४३औं स्थानमा परेको हो । सन् २०२० मा भने नेपाल १४४औं स्थानमा रहेको थियो ।

छिमेकी देश भारतसँगै नेपाललाई पनि मध्यम मानव विकास श्रेणीमा राखिएको छ। भारत भने २ स्थान खस्किँदै ०.६३३ अंकसहित १३२औं स्थानमा रहेको छ । सन् २०२० मा भने भारत १३०औं स्थानमा रहेको थियो । यस्तै, ०.७६८ अंकसहित चीन ७९औं स्थानमा रहेको छ । दक्षिण एसियाबाट श्रीलंका सबैभन्दा उच्च र अफगानिस्तान सबैभन्दा न्यून स्थानमा देखिएका छन् ।

श्रीलंका ०.७८२ अंकसहित मानव विकास सूचकांकमा ७३औं स्थानमा छ भने अफगानिस्तान ०.४७८ अंकसहित १८०औं स्थानमा छ । मानव विकास सूचकांकमा ०.९६२ अंकसहित स्विजरल्यान्ड पहिलो स्थानमा आएको छ । यस्तै, दोस्रो स्थानमा ०.९६१ अंकसहित नर्वे रहेको छ । सूचकांकमा सबैभन्दा पुछारमा अर्थात १९१औं स्थानमा दक्षिण सुडान रहेको छ । यसको ०.३८५ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्