आकासियो चामलको मूल्य, अझै बढ्ने

२ महिना यता जिरा मसिनो चामलमा किलोमा १० रुपैया भन्दा धेरैले मूल्य वृद्धि भएको छ । १७५० रुपैया (२५ किलोको बोरा) प्रतिबोरा उपभोक्ता मूल्य रहेको चामलको मूल्य अहिले २०७५ रुपैया भएको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ :

बिगत २ महिना यता करिव २०प्रतिशतले बढेको चामलको मूल्य थप बढ्ने भएको छ । भारतले आजदेखि लागुहुनेगरी भारतले बासमती बाहेकका चामल निर्यातमा लाग्ने कर २० प्रतिशतले बढाएपछि आयातमा निर्भर नेपाली बजार प्रभावित हुने भएको छ।

२ महिना यता जिरा मसिनो चामलमा किलोमा १० रुपैया भन्दा धेरैले मूल्य वृद्धि भएको छ । १७५० रुपैया (२५ किलोको बोरा) प्रतिबोरा उपभोक्ता मूल्य रहेको चामलको मूल्य अहिले २०७५ रुपैया भएको छ ।

करिब १५० देशमा चामल निर्यात गर्दै आएको भारतले बासमती बाहेकका चामल निर्यातमा कडाई गरेको छ । नेपालमा पनि भारतबाट ठूलो परिमाणमा चामल आयात हुने गर्छ ।

भारतमा धान उत्पादनको एक मूख्य क्षेत्र बिहार बङ्गाल उडिसा र झारखण्डमा यसपालि पर्याप्त बर्षात नहुदा कम्तिमा ३०% उत्पादन घट्ने त्यहाँका सरकारी निकायको अनुमान छ । नेपालमा पनि यो बर्ष धान उत्पादन कम हुने प्रारम्भिक अनुमान छ ।

विश्वनै खाद्यसंकट सँग जुदिरहेको समयमा धान उत्पादन कम हुने अनुमानले चामलको मूल्य आकासिने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

Array