सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्तिको उत्पादनमा सरोकारवालाको जोड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ  – देशमा सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले विहिबार आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को डिजिटल पूर्वाधार तथा प्रविधि सम्बन्धि सत्रमा सहभागी सरोकारवालाहरूले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्तिको उत्पादनमा जोड दिएका हुन् ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सञ्चार मन्त्रालयले शैक्षिक क्षेत्रको माध्यमबाट सूचना प्रविधि क्षेत्रको लागि दक्ष जनशक्ति उत्पादन गर्न पहल गरिरहेको बताए । आईटी कोर्समा कोटा प्रणालीका कारण धेरे विद्यार्थीले चाहेर पनि पढ्न नसकेको र यसले गर्दा दक्ष जनशक्ति उत्पादनमा प्रभाव परेको भन्दै यो विवेद हटाउन सञ्चार मन्त्रालयले पहल गरेको उनले बताए “।

प्रतिक्रिया दिनुहोस्

Array