नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि ६२ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेस गर्नुपर्नेछ ।

उक्त सेयर खरिदका लागि लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्ने अन्तिम म्याद असोज २७ गतेसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array