बलात्कार आरोपमा जेल सजाय भोगेका ठेकेदारको घरमा एमाले अध्यक्ष ओलीको हेडक्वाटर

दमकमा रहेको ओली निवाश साघुरो भएपछि एमाले अध्यक्ष ओलीकै निम्ति भनेर निर्माण व्यवशायी गौतमले उक्त घर खरिद गरि साजसज्झा गरेको एमाले स्थानीय नेताहरू बताउछन् । साजसज्झाको काम पुरा भइनसक्दै  एमाले अध्यक्ष ओलीले गौतमको यही घरबाट भेटघाट सुरु गर्न थालिसकेका छन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
3 Min Read
Aa

बलात्कार आरोपमा १४ महिना जेल सजाय भोगेका अपराधि पृष्टभूमिका निर्माण व्यवसायी बिकास गौतमको दमक स्थित घरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन प्रचारको हेडक्वाटर बनाएका छन् ।

निर्माण व्यवशायी हेटौंडाका विकास गौतमले भर्खरै मात्र झापाको दमकमा उक्त घर किनेका हुन्। मोतीदान कन्स्ट्रक्सन कम्पनीका सञ्चालक रहेका गौतमले घर खरिद र साजसज्झामा झन्डै ३ करोड रुपैया खर्च गरेका छन् । दमकमा रहेको ओली निवाश साघुरो भएपछि एमाले अध्यक्ष ओलीकै निम्ति भनेर निर्माण व्यवशायी गौतमले उक्त घर खरिद गरि साजसज्झा गरेको एमाले स्थानीय नेताहरू बताउछन् । साजसज्झाको काम पुरा भइनसक्दै  एमाले अध्यक्ष ओलीले गौतमको यही घरबाट भेटघाट सुरु गर्न थालिसकेका छन् ।

एमाले अध्यक्ष केपी ओली र मोतीदान कन्स्ट्रक्सन कम्पनीका सञ्चालक विकास गौतम कनेक्सन र ओली कृपा :

बिकास गौतम हेटौडाका प्रवाभशाली एमाले नेताका सन्तान हुन् । गौतमले एमाले अध्यक्ष ओलीकै कृपाले मदन भण्डारी राजमार्गको धरानदेखि बेलडाँगीसम्म ५३ किलोमिटर, शान्तिनगरदेखि मेचीडाँगीसम्मको १० किलोमिटर सडक निर्माणको तीन प्याकेज ठेक्का हात पारेका छन् । यस्तै हुलाकी राजमार्गअन्तर्गत ओलीकै निर्वाचन क्षेत्र मोरंग झापाको सिमाना रतुवा नदीदेखि माइसम्मको १४ किलोमिटर र माइदेखि विरिङ्ग सम्मको ११ किलोमिटर ठेक्का पाएका छन् ।

को हुन् घरबेटी ठेकदार ?

ओलीलाई घर दिने ठेकेदार गौतम बलात्कार मुद्दामा १४ महिना जेल बसेका व्यक्ति हुन् । २०७४ माघमा दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार प्रकरणमा सहभागी मध्ये गौतम पनि एक हुन् ।

एक बेहोस युवतीलाई सामुहिक बलात्कार गरेको आरोप गौतमलाई लागेको थियो । युवातीले प्रहरीमा जाहेरी दिईन । आफूविरुद्ध जाहेरी परेको थाहा पाएपछि ठेकेदार गौतमले प्रहरीको मिलेमतोमा ३० लाख रुपैयाँ पीडितलाई दिएर घटना लुकाउन खोजेका थिए । तर घटना बाहिरियो । मिलापत्र गराएको अभियोगमा दरबारमार्गका तत्काली डीएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी लगायतका प्रहरी अधिकृतहरु कारबाहीमा परे । त्यसपछि केश जिल्ला अदालत काठमाडौंमा प्रवश गर्यो । जिल्ला अदालतले गौतमलाई १४ महिना कैद सजाय तोक्यो ।

१४ महिना जेलमा सजाय काटेर छुटेपछि गौतमले अस्वाभाविक सफलता हात पारे । एमाले अध्यक्ष केपी ओलीको कृपाले उनको कन्स्ट्रक्सन कम्पनिले अरवौको ठेक्का पायो । यहि गुण तिर्न गौतमले अध्यक्ष ओलीको लागि एक घरनै किने ।

एमाले स्थानीय नेताहरू एमाले अध्यक्षको यो कार्यसँग रुष्ट छन् । राप्रपाले साथ् नदिएमा र गठबन्धन एकढिक्का भएमा निर्वाचन फलामको चिउरा हुने बुझेका अध्यक्ष ओलीमाथि निर्वाचनको ठूलो दवाव छ । त्यहिभेएर पनि निर्वाचनमा माफिया ठेकेदारको साथ चाहिएको होला भन्दै एमालेका स्थानीय कार्यकर्तानै व्यंग्य गर्दछन ।

प्रतिक्रिया दिनुहोस्

Array