आफू निर्दोष भएको सन्दीपको दाबी, सीपीएल छाडेर नेपाल फर्किंदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले सीपीएल छोडेर नेपाल फर्किन लागेको बताएका छन् । बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेको उनले बताएका छन ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको भन्दै अनुसन्धानमा सघाउने बताए । बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको थियो । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।

काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरी बृत्त गौशालामा मंगलबार एक किशोरीलाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्