ऐना झ्यालको पुतली र गोर्खा बिनिथ द ब्रेभरी आजबाट रिलिज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – आजबाट दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा बिनिथ द ब्रेभरी’ आजबाट रिलिजमा आएका हुन् ।

‘ऐना झ्यालको पुतली’लाई सुजित बिडारीले निर्देशन गरेका हुन् । ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रदीप शाहीले निर्देशन गरेको चलचित्र हो ।

यी दुई चलचित्रलाई मल्टिप्लेक्सले शुक्रबार साँझसम्म पनि शो बाँडफाँट र आग्रिम बुकिङको सुविधा प्रदान गरेको थिएन ।

सोही विषयलाई लिएर निर्माता संघ, निर्देशक समाजले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका थिए । नेपाली चलचित्रलाई विभेद गरेको भन्दै आन्दोलनको चेतावनी निर्माता संघले दिएपछि चलचित्र संघले त्यसको विरोधमा यही २७ गते देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्