निर्वाचन कार्यतालिका प्रकाशित, प्रतक्षतर्फ असोज २३ गते उमेदवारी दर्ता

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतक्ष तर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa
निर्वाचन आयोग

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतक्ष तर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोग बिहीबार बसेको बैठकले प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

स्वीकृत कार्यतालिका अनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरी उपर छानबिन, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

यी सबै निर्वाचन कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संचालन हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array