नेपालका मदरसामा जिहादी सक्रिय रहेको आशंका,बंगलादेशी जिहादी संगठन एबीटीको नेपाल कनेक्सन

नेपालमा पनि बिभिन्न नाममा मदरसा र मस्जिद साथै गरिव मुस्लिम समुदायमा बिदेशी अनुदान आइरहेको छ । सतहमा सहयोग देखिएपनि वास्तविकतामा यो एकप्रकारको अतिवाद हुर्काउन आएको सहयोग भनेर मुस्लिम समुदायका व्यक्तिनै स्वीकार गर्दछन ।  

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
4 Min Read
Aa

अंसारुल्लाह बंग्ला टीम (एबीटी) नामक मुस्लिम जिहादी संगठनका जिहादी (आतंकवादी) नेपालका मदरसामा सक्रिय रहेको आशंका गरिएको छ । बिगत केहि समय यता नेपालको तराई क्षेत्रमा मदरसा र मस्जिदको संख्या ह्वात्तै बढेको छ । साथै इस्लामको रक्षा, इस्लामिक भाइचारा र धार्मिक तालिमको नाममा हुने यात्रा “जमात” पनि बढेको छ ।

के हो अंसारुल्लाह बंग्ला टीम (एबीटी) ?

अंसारुल्लाह बंग्ला टीम (एबीटी) एक प्रतिवन्धित बंगलादेशी मुस्लिम अतिवादी संगठन हो । टेररिज्म रिसर्च एण्ड एनालिसिस कंसोर्टियमको अनुसार, एबीटी अल कायदाद्वारा प्रेरित बंगलादेशमा सक्रिय एक इस्लामिक चरमपन्थी समूह हो । वर्तमानमा एबीटी  भनिने संगठन २००७मा  विभिन्न मुस्लिम गैर सरकारी संगठनको आर्थिक सहयोगमा  जमातुल मुस्लेमिनको रुपमा सक्रिय रहेको थियो। यही जमातुल मुस्लेमिन २०१३ देखि  एबीटीको रूपमा सक्रिय भयो । अंसारुल्ला बंग्ला टीम दक्षिण एशियामा अल- कायदाको  एक फ्रंट ग्रुप हो । यसमा अहिलेपनि इस्लामिक चरमपन्थी समुहको ठूलो लगानी रहेको छ ।

नेपालमा पनि बिभिन्न नाममा मदरसा र मस्जिद साथै गरिव मुस्लिम समुदायमा बिदेशी अनुदान आइरहेको छ । सतहमा सहयोग देखिएपनि वास्तविकतामा यो एकप्रकारको अतिवाद हुर्काउन आएको सहयोग भनेर मुस्लिम समुदायका व्यक्तिनै स्वीकार गर्दछन ।

एबीटीका सदस्य नेपालका मदरसामा सक्रिय रहेको आशंका कसरि भयो ?

सन् २०१७को नोबेम्बरमा भारत पश्चिम बंगालको स्पेसल टास्क फोर्स (एसटीएफ कोलकाता)ले प्रतिबन्धित आतंकवादी संगठन अंसारुल्लाह बंग्ला टीम (एबीटी) का पाँच जना पक्राउ गर्दछ । भारतीय सुरक्षा एजेन्सीका अनुसार पाँच मद्धे ४ बंगलादेशी नागरिक र एक भारतीय नागरिक थिए ।

मार्च २०१८ मा राष्ट्रीय जांच एजेंसी (एनआईए)ले केश आफ्नो हातमा लियो । जसमा ४ बंगलादेशी भारतमा आतंकवादी घट्ना घटाउन २०१६ मा नै  भारत प्रवेशगरेका थिए । उनीहरूले जमाती बन्दै केहि समय नेपालका मुस्लिम बस्तीमा पनि बिताएका थिए । यसैलाई आधार मानेर भारतीय सुरक्षा निकायले बंग्लादेशी मुस्लिम समुदायसँग नजिक रहेका बस्ती र मदरसामा निगरानी गरिरहेको थियो ।

गत अगष्ट २० तारिकका दिन भारतको उत्तरपूर्वी राज्य असमको पुलिसले, असम गोलापारा  जिल्लाबाट अल-कायदा भारतीय उपमहाद्वीप (एक्यूआईएस) र अंसारुल्लाह बांग्ला टीम (एबीटी) आतंकवादी समूहसँग सम्बन्धित दुई संदिग्ध आतंकवादीलाई पक्राउ गर्यो । पक्राउ पर्नेमा इमाम अब्दुल सुभान र जलालुद्दीन शेख रहेका थिए ।

पक्राउ परेका संग्दिग्धले सन् २०१९ मा मटिया पुलिस थाना अन्तरगतको सुंदरपुर तिलपारा मदरसामा एक धर्म सभाको आयोजना गरेका थिए । उक्त कार्यक्रममा एक्यूआईएस र एबीटी सँग संबन्धितलाई अतिथि वक्ताको रूपमा आमंत्रित गरिएको थियो । उक्त कार्यक्रममा नेपाली मुस्लिम धर्मगुरु र मदरसा सम्वद्ध व्यक्ति पनि सहभागी भएको खुलेको छ ।

गोलपाड़ा जिल्लाका एसपी वी.वी. राकेश रेड्डी का अनुसार ति दुई व्यक्तिसँग अल-कायदा, एबीटी जिहादी सँग  सम्बन्धित आपत्तिजनक सामग्री, पोस्टर, अन्य दस्तावेज, पुस्तक , मोबाइल फोन, सिम कार्ड र आईडी कार्ड फेला परेको छ ।

पक्राउ परेको जलालुद्दीन शेख माटिया थाना अंतर्गत टिलापारा नतुन मस्जिदको इमाम हो ।

जलालुद्दीनले दरगाह अलगा गाउमा रहेको मदरसामा फरार जिहादी बंगलादेशी नागरिक लाई शिक्षक भनेर राखेको थियो । अमीनुल इस्लाम र जहांगीर आलम नाम गरेका  बंगलादेशी चरमपन्थी संगठन अंसारुल्लाह बांग्ला टीम (एबीटी)का सदस्य रहेको प्रहरीको दावी छ ।  छानबीन शुरू हुनासाथ उनीहरू त्यहाँबाट फरार भए ।

प्रहरीले प्राप्तगरेको मोबायल सिममा रहेको डाटा अनुसन्धान गर्दा उनीहरूको नेपालका मदरसासँग पनि सम्बन्ध रहेको देखिएको छ । भारतीय शुरक्षा सम्वद्ध श्रोतका अनुसार फरार आतंकवादी पश्चिम बङ्गालबाट बिहार हुदै जोगवनी नाकाबाट नेपाल छिरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array