बिजुलीका खम्बामा टाँगिएका अव्यवस्थित तार व्यवस्थापन गर्न महानगरको ध्यानाकर्षण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बिजुलीका खम्बामा टाँगिएका अव्यवस्थित तार व्यवस्थापन गर्ने विषयमा ध्यानाकर्षण भएको छ । महानगर प्रमुख बालेन्द्र साह र इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) बीच बिहीबार दिउँसो भेटवार्ता भएको हो। उक्त भेटमा महानगरपालिका प्रमुख साहले आइस्पानका पदाधिकारीहरुसँग काठमाडौं महानगर भित्र अव्यवस्थित रुपमा टाँगिएका तारबारे चासो राखेका थिए। आइस्पानका कोषाध्यक्ष पुस्कर सिंह बडाल, सीइओ सुबास खड्कासहितको टोलीले प्रमुख साहलाई भेटेको थियो।

भेटमा मेयर साहले अव्यवस्थित तारलाई व्यवस्थापन गर्न के कस्तो प्रयास र पहलहरु भइरहेको छ भन्ने बारे आइस्पानका पदाधिकारीहरुसँग जिज्ञासा राखेका थिए। यसका लागि आइस्पानसँग महानगर सहकार्य गर्न तयार रहेको जानकारी गराएको बैठकमा सहभागी आइस्पानका सीइओ खड्काले मेयर साहको भनाइ उदृत गर्दै भने।

‘मेयरज्यूले मुख्यत तारको विषयमा जिज्ञासा राख्नु भएको थियो। त्यसलाई व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने बारे वहाँले हामीसँग बुझ्नु भयो। हामीले पूर्वाधार कम्पनी खडा गरेर तार व्यवस्थापनको काम भइरहेको बारे वहाँलाई अवगत गरायौं। वहाँ पनि कम्पनी बनाएरै अघि जानुपर्छ भन्नेमा सहमत हुनुन्छ,’ आइस्पानका सीइओ खड्काले भने, ‘हामीले पूर्वाधार कम्पनीको विषयमा सञ्चार मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको जानकारी गरायौं। मेयरज्यूले सञ्चार मन्त्रालयसँग पनि यसबारे आवश्यक परामर्श र समन्वय गर्ने बताउनु भएको छ।’

प्रतिक्रिया दिनुहोस्

Array