चलचित्र संघद्वारा सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । बिहीवार बसेको संघको कार्यसमिति बैठकले आन्दोलनको संकेत स्वरुप भदौ २७ गते एक दिनका लागि हल बन्द गर्ने निर्णय गरेको हो । संघले विज्ञप्ति जारी गर्दै प्रदर्शकहरु छलफलमा रहेकाले शुक्रवारबाट प्रदर्शन हुने फिल्मको बुकिङ नखोलेको पनि स्पष्ट पारेको छ ।

संघका महासचिव नरेन्द्र महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि चलचित्र क्षेत्रका केही व्यक्तिहरु तथा संघहरुले हाम्रा सदस्यहरुको मानमर्दन हुने गरी अनर्गल आरोप लगाएकोप्रति आगामी दिनहरुमा कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीर छलफलमा रहेको अवस्थामा नेपाली चलचित्र क्षेत्रका केही संघ संस्थाहरुले चलचित्र प्रदर्शनको सम्बन्धमा प्रकाशित भएको विज्ञप्तिप्रति नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रतिक्रिया दिनुहोस्