सिट बाँडफाँट कार्यदल बैठक बालुवाटारमा बस्दै, आज प्रतिवेदन बुझाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बालुवाटारमा बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजे बैठक बस्न लागेको हो । बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै शीर्ष नेताहरूलाई बुझाउने कार्यदलको तयारी रहेको छ । हिजो बुधबार साँझ बालुवाटारमा बसेको बैठकले प्रतिवेदन तयार गरिसकेको बताइएको छ ।

पाँच दलीय सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा तालेमेल गर्ने सहमति भएको छ । त्यसका लागि सिट बाँडफाँटसहितका विषयमा सहमति जुटाउन गत २० साउनमा कार्यदल गठन गरिएको थियो । सुरुमा साउनभित्रै सिट बाँडफाँटको टुंगो लगाइने भनिएको थियो ।

दलहरूको आआफ्नै अडानका कारण सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदललाई निकै सकस परेको थियो

प्रतिक्रिया दिनुहोस्

Array