चलचित्र हिजो आजका कुराको ट्रेलर सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको चलचित्र हिजो आजका कुराको ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । आगामी असोज २८ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गरेका छन् ।

पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ । रवि सायमीको छायांकन रहेको फिल्मलाई विनय कंसाकारले सम्पादन गरेका हुन् ।

कार्यक्रममा बोल्दै अभिनेता दिव्यदेव पन्तले पहिलाकै कथावस्तुलाई अहिलेको प्रविधि सुहाउँदो गरेर चलचित्रमा उतारिएको बताए । उनले आफ्नो लागि कला देखाउने माध्यम पनि यही चलचित्र बनेको भन्दै खुशी प्रकट गरे । त्यस्तै अभिनेत्री ऋचा शर्माले आफ्ना लागि यो चलचित्रमा स्थान पाउनु खुशीको कुरा भएको बताए ।

उनले नेपाली सिनेमा चल्नको लागि बलियो कथावस्तुको आवश्यक पर्ने भन्दै रोएर चलचित्र चलाउने ट्रेण्डले सफल नबन्ने बताए । त्यस्तै वरिष्ठ कलाकार सन्तोष पन्तले हरेक दिन घरमा भोगिरहेका कुरालाई चलचित्रमा उतारिएको बताए ।

उनले यो चलचित्र सफल भए युवा पिँढीहरू नेपालमा नै बस्ने बताए । उनले चलचित्रमा समस्या मात्र नभइ समाधानलाई पनि देखाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्