न्यायोचित रूपमा टिकट वितरण नभए विद्रोह हुन्छ: कांग्रेस नेता शेखर कोइराला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संस्थापन पक्षले न्यायोचित ढंगबाट आफूहरूलाई टिकट नदिए विद्रोह हुने चेतावनी दिएका छन् । बुधबार जनकपुरधाम पुगेर सञ्चारकर्मीहरूसँग बोल्दै उनले गठबन्धनभित्र सहमतिमा कांग्रेसले एक सय सिट लिनुपर्ने बताए । उनले एकसय भन्दा कम सिटमा गठबन्धनमा सहमति गरे पार्टीभित्र पनि विद्रोह हुने बताए ।

“हाम्रो पार्टी मात्र एउटा यस्तो पार्टी हो तलैबाट हामी चुनाव गरेर आएका छौँ । वडादेखि नै हामीहरू चुनाव गरेर आएका हुन्छौँ,” उनले भने, “न्यायोचित ढंगबाट टिकट वितरण हाम्रो पार्टीभित्र पनि हुनुपर्‍यो । सँगै गठबन्धनमा १०० सिट भन्दा कम भयो भने विद्रोह र विग्रह नेपाली कांग्रेसमा हुन्छ ।”

नेता कोइरालाले गठबन्धनमा अझै सिटको विषयमा सहमति नभएकाले तत्काल आपत्ति जनाउनुपर्ने अवस्था आइनसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array