सीसीटीभीमा पीडित किशोरीसँग देखिए सन्दीप लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने होटल मा गएको सिसिटीभी फुटेजमा देखिएका छन्। होटल काठमाडौं इनको फुटेजमा उनी एक किशोरीको साथमा देखिएको प्रहरीले जनाएको छ ।

जाहेरीपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी अधिकारीका अनुसार सीसीटीभी फुटेजमा सन्दीप किशोरी सँग राति ११:४५ मा कोठामा प्रवेश गरेका छन् भने बिहान साढे ६ बजेको समयमा किशोरीसँगै बाहिरिएको देखिएको प्रहरीले जनाएको छ । उनी अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिजमा छन् । सन्दीपविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा एक किशोरीले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

Array